नवगायक तथा लेखक भेषराज सापकोटाको “हाम्रो त्यो बालापन” नामक गीत आउने तयारीमा

श्रावणमा “जीवनको कथा आत्माख्यान- कारुणिक उपन्यास” नामक पुस्तकको प्रकाशन पछि नवगायक तथा नवसाहित्यकार भेषराज सापकोटाले “हाम्रो त्यो बालापन” नामक कथानक गीत दर्शक माँझ ल्याउने तयारीमा जुटेका छन्। उनकै शब्द र स्वरमा सजिएको गीतमा कुशल गायक तथा सङ्गितकार साथै उनकै सङ्गीत गुरु सुवाश चन्द्र जोशीले सङ्गीत भर्नुका साथै सङ्गीत संयोजन पनि गरेका छन्।

जीवनलाई सङ्घर्षमय रुपमा बिताई रहेका सापकोटाले नै गीतको मिउजीक भिडियोका लागि कथा लेखेका हुन्। उक्त कथालाई सुवाश चन्द्र जोशीले पनि सिङ्गार्न मदत गरेका छन् भने भिडियोको निर्देशनका लागि निर्देशक मनोज कुमार पन्तले जिम्मा लिएका छन्। गीतमा उज्वल भट्टराई, टिकाराम श्रेष्ठ, श्रीयान्स तिमल्सीना ऋदयन राज पन्त, सुवाश जोशी, सुजिल रुवाली, दिलिजा रुवाली मिनु कुमाई आदिले कलाकारका रुपमा भूमिका निभाएका छन्।

सापकोटाले पौष १० गते आफ्नो शुभ जन्म दिनको अवसर पारेर अग्रिम पोष्टर रिलिज गरेका छन्। उनले एउटा गहकिलो मित्रताको चित्रण गरेर उक्त गीत तयार पारेका हुन्। गीतले विशेष गरि गाउँले परिवेशलाई निहालेको र गीतमा प्रयोग भएका बाजा बाँसुरि, सारङ्गिले नेपाली संस्कृतिलाई झल्काउने उदेश्य बोकेको उनले बताएका छन्। उक्त गीतको सार्वजनिक गर्ने मिति भने तय नभएको पनि उनले बताए र छिट्टै दर्शक माँझ ल्याउँने तयारीमा जुटेको पनि उनले बताए।

गीतको लगानीका लागि विभिन्न व्यक्तिगत श्रोतले साथै संस्थागत श्रोतले प्रायोजनका रुपमा सहयोग गर्दै आएको र अझ प्रायोजनको खोजीमा समेत रहेको प्रसङ्ग पनि उनले सुनाए।

साथै यसै प्रसङ्गमा उनले आफ्नो ५ महिना अघि सार्वजनिक भएको पुस्तकका पात्रहरुले पनि उक्त गीतलाई शारीरिक, भौतिक तथा आर्थिक सहयोग गर्दै आएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट