काठमाडौँ । गीतकार केदार उप्रेतीको नयाँ गीत ‘राधा’ सार्वजनिक भएको छ। मेलिना राई र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ‘क्रिस्टल क्रियसन’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत, साहित्यिक रचनाहरु आइसकेका छन् ।