सन् २००३ मा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरू गरेका थिए। पन्तकै नेतृत्वमा चितवन, पोखरालगायतका सहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आएका थिए। त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौंमा मात्र सीमित भएको छ।
- तस्बिरहरू