काठमाडौं । सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताउनुभएको हो ।
नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताउनु भयो । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई थियो ।
सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उहाँले अपिल गर्नुभयो ।