सौर्य एयरलाइन्स विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवारसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

प्रहरीका अनुसार सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

गत बुधबार काठमाडौंबाट सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेकोमा विमानस्थलमै दुर्घटनामा परेको थियो ।जसमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।

पाइलट शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा उल्लेख सुधार भइरहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट