महिलाले नेतृत्व गरेको स्थान हिँड्ने मात्र होइन, दौडिन्छ – सोबिता गौतम

काठमाडौं, १४ माघ । शिवम मार्गी एकिकृत महिला समाजद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । शनिवार सम्पन्न उक्त कार्यक्रममा सांसद सोबिता गौतम लगायत कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा वडाध्यक्ष र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोबिता गौतमले भन्नुभयो, ‘महिलाले नेतृत्व गरेको स्थान हिँड्ने मात्र होइन, दौडिन्छ ।’ उहाँले शिवम मार्गमा देखिएका समस्याहरु द्रुतगतिमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

शिवम मार्ग टोल सुधार समितिका पूर्व अध्यक्ष टंक पौडेलले पनि महिलाहरुको काममा हौसला प्रदान गर्नुभयो, साथै शुभकामना दिनुहुँदै आगामी दिनहरुमा पनि साथ दिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

हालका अध्यक्ष विरोध कार्कीले पनि सम्पूर्ण महिलाहरुले गरेका कामप्रति आफू अत्यन्त खुशी भएको भन्दै प्रशंसा गर्नुभयो । कुनै पनि साथ र सहयोग चाहिएमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताउनुभयो ।

महिलालाई उद्यमी, लगनशील र जागरुक बनाउने उद्देश्यले शिवम मार्गी एकिकृत महिला समाजको स्थापना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट