एकीकृत समाजवादीका केही नेताहरुको जिम्मेवारी परिवर्तन

काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी)ले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको हो । त्यस्तै, गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी, गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई प्रदेश अध्यक्षमा मनोनयन गरेको छ । सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै, सचिवको जिम्मेवारी अशोक कोइरालालाई दिएको छ । बैठकले माघ १४ र १५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट