कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’ को प्रयोग, मानव स्वास्थ्यमा असर गर्ने

काठमाडौं, १२ माघ । कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु्र्याउने खालका अखाद्य रङ रोडामान वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताउनुभयो । उहाँले खुलारुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गर्नुभयो । विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न-नगराउनसमेत सबैलाई अनुरोध गरेको छ । कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट