तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ

काठमाडौं, ११ माघ । नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदुताबासको सयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सो कार्यको सुभारम्म भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडी नेपालका लागि चिनियाँ राजदूत चेन सोङ ले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो शुरुवाती चरणमा खाद्यान्न निर्यात गरिने जनाइएको छ। सो वस्तु नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको हो ।

उद्घाटनको क्रममा वाणिज्य सचिवले यो कार्यका लागि आफू निकै हर्षित भएको तथा यसबाट अहिले आयातमुखी स्थिति क्रमश घटेर जाने र नेपाली सामानले विश्वसामु आफ्नो पहिचान बनाऊन सक्ने विश्लेषण गर्नुभएको छ साथै यस्ता कार्यमा कुनैपनि प्रकारको सहजीकरण गर्न मन्त्रालय सदैव तत्पर रहने बनाउनुभएको छ । त्यसैगरी चिनियाँ राजदूत सोङ ले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताउनुभएको छ ।यो कार्य राजदूत सोङकै अगुवाइमा सम्पूर्ण कुराहरू चीनले व्यबाथापन गरी शुरू गरिएको र जापानी सरकारका प्रतिनिधिलाई सोङ आँफैले भेटी यस कार्य प्रारम्भमा सगाउ पुर्याउन आफैले अग्रसरता देखाएको र नेपालको विकासका लागि सदैव आफू अग्रणी स्थानमा रहने बताउनु भयो।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको र पर्यटन प्रबर्दन सहित नेपालको समग्र विकासमा चिनियाँ सहित अन्य मुलुकको सहयोगको आशा रहेको बताउनुभएको छ । यस्तै नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले मुलुकमा व्याप्त आयात लाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्न यो गतिलो उदाहरण रहेको साथै चीनले नेपालको विकास र समृद्धिको लागि हर कुरामा सहयोग गर्ने तथा सहकार्य गर्ने जनाएपनि सरकारको प्राथमिकतामामा नपर्ने दुखेसो दर्साउनुका साथै नेपाली मुलुका सामान विश्वमै राम्रो मानिएपनि निर्यातका लागि असजिलो नीति भएका कारण सर्वप्रथम निर्यात नीति सजिलो उत्साहजनक भए मुलुकले वैदेशिक मुद्रा आर्जन गर्ने गतिलो स्थान हुने बताएका छन|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट