फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ। यो फिल्म वास्तवितक घटनामा आधारित रहेको बताइएको छ। नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्। नेपाल र मलेसियामा छायांकन गरिएको फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले तयार पारेका हुन्।रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।   यो फिल्म फागुन ११ गतेदेखि प्रदर्शन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट