नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ । एड्भान्स बुकिङमा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ । यसैबिच मेकरहरूलाई ठुलो झट्का लागेको छ । ऋतिक रोशनको फिल्मलाई मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध लगाइएको छ ।
हिन्दुस्तान टाइम्समा छापिएको एउटा समाचारका अनुसार फिल्मको टिमसँग जोडिएको एउटा स्रोतले यो खबरलाई पुष्टि गरेको हो । तर मेकरहरूले यस मामिलामा आफ्नो आधिकारिक विज्ञप्ति जारी गरेको छैन । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । फिल्म भारतीय हवाई सैन्य बलमाथि बनेको हो । फिल्ममा ऋतिक र दीपिका बाहेक अनिल कपूर, किरण सिंह ग्रोवर र संजीदा शेख जस्ता कलाकार छन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।